बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर छ : राष्ट्रपति भण्डारी

बुधबार, ०१ असार २०७९, १५ : २७
बुधबार, ०१ असार २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छन् । बुधवार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएका हुन् ।

उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताइन् । उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरुप कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय, क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान पु¥याउन आवश्यक रहेको पनि बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप