शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खान नेपाल नआउनुको कारण खुलाए मन्त्री प्रेम आलेले

बुधबार, ०१ असार २०७९, १५ : २१
बुधबार, ०१ असार २०७९

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएकोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदमा प्रष्टिकरण दिएका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले सलमान खान सहभागी हुने भनिएको कार्यक्रम सरकारका तर्फबाट नभइ निजी क्षेत्रले आयोजना गर्न लागेको बताए ।

‘मन्त्रालयले आयोजना गरेको कार्यक्रम होइन, प्राइभेट सेक्टरले गर्न लागेको कार्यक्रम हो,’ उनले भने, ‘प्राइभेट सेक्टरले बढी से बढी पर्यटक भित्र्याउन मन्त्रालय सँग सहकार्य गरेकाले हामीले सहजीकरण मात्र गरेका हौं ।’

आफूले कार्यक्रम आयोजकलाई सलमान खानमात्र नभएर नेपाली कलाकारलाई पनि समेटौं भनेको र आयोजक पनि त्यसमा सकारात्मक रहेको जिकिर गरे ।

तर, भारतकै अदालतको आदेश अनुसार सलमान खान नेपाल आउन नमिलेको उनले प्रस्ट पारे । ‘मैले के सुनेँ भने सलमान खान तथा उहाँसँग आउने कलाकारको मुद्दा अदालतमा विचाराधीन रहेको र देश बाहिर जान नपाउने अदालतको आदेशका कारण सो कार्यक्रममा ढिला भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप