शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

प्युठानमा गाडी दुर्घटना : एकको मृत्यु,९ घाइते

बुधबार, ०१ असार २०७९, १५ : २०
बुधबार, ०१ असार २०७९

प्युठानको  भिग्री  स्वर्गद्वारी सडक  खण्डमा दुई वटा गाडी दुर्घटनामा परेका छन् । दुर्घटनामा एक  जनाको  मृत्यु भएको  र ९ जना घाइते भएका  प्रहरीले जनाएको छ ।   

भारतिय  तिर्थ  यात्री चढेको  गाडी दुर्घटनामा परेको  जिल्ला  प्रहरी प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बिकले  जानकारी  दिए  । उनका अनुसार गाडीको नम्बर  खुल्न सकेको  छैन । मृत्यु हुनेमा ५८ वर्षिय भिक्की नाम भएका पुरुष रहेको निरीक्षक बिकले बताए ।

प्रहरीका अनुसार एउटा  गाडी  भिग्री  इप्रकादेखि  करिब  २  सय  मिटरको  दुरीमा  र  अर्को  गाडी  स्वर्गद्वारी जाने  घडेरी  भन्ने  स्थानमा  दुर्घटना भएको हो ।    घाइते ९  जनामध्ये  ३  जना गम्भीर रहेको  प्रहरी  निरिक्षक बिकले  बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप