मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भैरहवामा खुल्यो श्रम कार्यालय, श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने

बुधबार, ०१ असार २०७९, १५ : १४
बुधबार, ०१ असार २०७९

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु भए लगत्तै वैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरूका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम सो शाखाबाट हुने भएको छ ।

यससँगै अब श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्वीकृति गरेर कार्यालय सञ्चालनको घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप