शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

श्रीलङ्काले सरकारी कर्मचारीलाई खाद्यान्न उब्जाउन थप एक दिन बिदा, चार मात्र काम

बुधबार, ०१ असार २०७९, १५ : १३
बुधबार, ०१ असार २०७९

एजेन्सी । श्रीलङ्काले उसका सरकारी कर्मचारीलाई खाद्यान्न उब्जाउन प्रेरित गर्नका लागि हप्तामा थप एक दिन बिदा दिने भएको छ । यसअघि नै दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गरेको श्रीलङ्काले अब सरकारी कर्मचारीलाई तीन दिन बिदा दिने भएको हो । 

श्रीलङ्कामा दस लाखभन्दा बढी नागरिक सरकारी क्षेत्रमा आबद्ध छन् । देश अहिले ७० वर्ष यताकै सबैभन्दा गम्भीर आर्थिक सङ्कटबाट गुर्जिरहँदा, खाद्यान्न सङ्कटको डरमाझ सरकारले यस्तो कदम उठाएको बताएको छ । श्रीलङ्काले विदेशी मुद्राको गम्भीर अभावका कारण अहिले खाद्यान्न, इन्धन र औषधोपचारजस्ता अत्यावश्यक सामाग्रीसमेत आयात गर्न सङ्घर्ष गरिरहेको छ । 
 
सोमबार सरकारले आगामी तीन महिनाका लागि हरेक शुक्रबारको दिन सरकारी कर्मचारीको लागि बिदा स्वीकृत गर्‍यो । यो निर्णयले इन्धन अभावका कारण काममा आउन कठिनाइ भोगिरहेका कर्मचारीलाई पनि केही सहयोग गर्ने सरकारले आशा लिएको छ । 

त्यसबाहेक बिदाका दिन कर्मचारीले आफू र परिवारलाई पुग्ने गरी तरकारी र फलफूल हुर्काउन पनि सरकारले आग्रह गरेको छ । सरकारले उसको अनलाइन पोर्टलमा राखेको वक्तव्यमा भनिएको छ ,‘ भविष्यमा आईपर्ने खाद्यान्न अभावको समाधानको लागि सरकारी कर्मचारीलाई हप्ताको एक दिन बिदा दिएर कृषि कर्मको लागि आवश्यक सेवा उपलब्ध गर्नु उपयुक्त देखिन आएको छ ।’ 

अमेरिकाले जनायो श्रीलङ्कालाई सघाउने प्रतिबद्धता

सोमबार नै अमेरिकाले श्रीलङ्कालाई सहयोग गर्न तयार रहेको बतायो । श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रेमोसिङ्घेसँगको फोन वार्तापछि अमेरिकाका विदेश मन्त्री एन्थोनी ब्लिन्केनले ‘अमेरिका श्रीलङ्कासँग काम गर्न तयार रहेको’ बताए । 

यही महिनाको प्रारम्भमा विक्रेमेसिङ्घेले दशेलाई अत्यवाश्यक आयातको मूल्य तिर्नको लागि ५ अर्ब डलर आवश्यक रहेको बताएका थिए । सरकारले अहिले आर्थिक उद्धार प्याकेजको लागि आईएमएफसँग वार्तामा छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप