शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

धर्मशाला छाड्न आनन्द प्रालिलाई दिइएको म्याद सकियो, बल प्रयोग गर्दै सरकार

बुधबार, ०१ असार २०७९, १५ : १०
बुधबार, ०१ असार २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत धर्मशाला बल प्रयोग गरेर खाली गरिने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री आलेले अब प्रहरी प्रशासनको सहयोगमा धर्मशाला जुनसुकै समयमा खाली गराइने बताएका हुन् ।

उनले धर्मशाला प्रयोग गरिरहेको आनन्द प्रालिलाई होटल खाली गर्न एक साताको म्याद दिइएको जानकारी दिए । उक्त म्याद जेठ ३१ गते नै सकिई सकेपनि धर्मशाला खाली नभएको समेत जानकारी दिए । तोकिएको समयमा कम्पनीले धर्मशाला खाली नगरेको पाइएपछि अब बल प्रयोग गरेर खाली गरिने मन्त्री आलेले बताए ।

‘पशुपति क्षेत्रमा रहेको नेपाल–भारत धर्मशाला करार सम्झौता गर्न बतास समूहले लगानी गरेको होटल आनन्द प्रालिले विभिन्न सर्त उल्लंघन गरेको पाइएको थियो,’ मन्त्री आलेले भने, ‘यस्तो पाएपछि आनन्द प्रालिसँगको सम्झौता रद्द भइसकेको छ ।’ होटल आनन्द प्रालि पशुपति क्षेत्र विकास कोषको निर्णयविरुद्ध अदालत पुगेको थियो । यस विषयमा अदालतले कोषको पक्षमा तीन पटक फैसला गरिसकेको छ ।

‘हाल उक्त समूहलाई धर्मशाला खाली गराउन जेठ मसान्तसम्म एक साताको समय दिइएको थियो,’ मन्त्री आलेले भने, ‘जुन, हिजो जेठ ३१ गते सकिएको छ । अब प्रहरी प्रशासनको सहयोगमा खाली गराइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप