जसले दुबई जानकै लागि दलाललाई ७ लाख बुझाए
एक व्यक्तिले दुबई जान भनेर दलाललाई ७ लाख रुपैयाँ बुझाउँदा ठगिन पुगेका छन् । ठगी आरोपमा प्रहरीले मुगुको खत्याङ घर भइ हाल सिफलमा भिजन मल्टिपर्पस सञ्चालन गर्दै आएका निराजन कार्कीलाई पक्राउ गरेको छ ।
उनले दार्चुलाको लेकम स्थायी घर भई विशालनगर बस्ने वर्ष ४१ वर्षीय तारा गिरीलाई युएईको दुबईमा आकर्षक काम लगाइदिने भन्दै ७ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीबाट पक्राउ परेका कार्कीले दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिने भन्दै प्रभावमा पारेका थिए । तर, रकम लिएपछि उनी फरार भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
विभागको पहलमा अभियुक्तलाई मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका सूचना अधिकृत दिनेशकुमार आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा