आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–भारत धर्मशाला प्रहरी प्रशासनको सहयोगमा खाली गराइन्छ : मन्त्री आले

बुधबार, ०१ असार २०७९, १४ : ५९
बुधबार, ०१ असार २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहको लगानी रहेको होटल आनन्द प्रालिसँग नेपाल–भारत धर्मशाला करार सम्झौता रद्द भइसकेको र अब उक्त धर्मशाला खाली गराउने प्रकृया थालिने बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले धर्मशाला खाली गर्न दिइएको एक साताको समय जेठ मसान्तमा सकिएको भन्दै अब प्रहरी प्रशासन लगाएर खाली गराइने जानकारी दिए ।

उनले होटल आनन्द प्रालिले विभिन्न शर्त गम्भीर उल्लंघन गरेको देखिएपछि करार सम्झौता रद्द गरिएको पनि प्रस्ट पारे । ‘होटल आनन्द प्रालि पशुपति क्षेत्र विकास कोषको निर्णयविरुद्ध न्यायालय पुगेको थियो, न्यायालयले तीन पटक कोषको पक्षमा फैसला गरिसकेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप