एसपीपीबारे बोले कानुनमन्त्री : अमेरिकाबाट प्रस्ताव आएकै छैन,सरकारलाई बदनाम गराउने खेल भयो
कानुन,न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा अमेरिकाबाट कुनै प्रस्ताव नआएको जिकिर गरेका छन्। ‘एसपीपी कार्यक्रमका लागि प्रस्ताव अमेरिकाले राखेको नै छैन । सरकारलाई बदनाम गराउने खेल मात्रै हो । वनको बाघले होइन मनको बाघले नखाओस्’, बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेको प्रश्नका क्रममा जवाफ दिने क्रममा उनले भने।
उनले एमसीसीमा कुनै राष्ट्रघात नरहेको पनि जिकिर गरेका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसद प्रेम सुवालले सोधेको प्रश्नमा जवाफ दिने क्रममा उनले एमसीसीमा कुनै राष्ट्रघात नरहेको जिकिर गरेका हुन् ।
उनले अमेरिकी सेना नेपालको इजाजतबिना आउनै नसक्ने पनि जिकिर गरे। उनले भने, ‘अमेरिकी सेना नेपाल आउने कुरा कल्पना गर्न नसकिने कुरा हो । नेपालको इजाजतबिना कहिल्यै पनि आउन सक्दैन। धेरै सन्धि सम्झौताले राज्य राज्यको सम्बन्धनबारे यसको व्याख्या गरेको छ।’
छलफलका क्रममा सुवालले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा तयारीमा शर्माको नाम जोडिएको र मन्त्रीमा नियुक्ति भएको प्रसंग निकाल्दै एमसीसीमा राष्ट्रघात यथावत रहेको जिकिर गरेका थिए । ‘एसपीपीमा अमेरिकी सेनाले ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने तथा गाडीसँगै हवाई जहाज पनि ल्याउने उल्लेख छ’, सुवालको भनाइ थियो, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लैजाने होइन । सरकारमा गएका पार्टी र मन्त्रीहरुलाई हातमा लिएर शासन गर्ने हो ।’
सुवालले सत्ता लोलुप भएकै कारण रुस १५ टुक्रा भएको किन बुझ पचाएको ? भन्दै प्रश्न गरेका थिए । जवाफमा शर्माले एमसीसी सदनले पास गरेको भन्दै कुनै कन्फ्युजन हुन जरुरी नरहेको बताएका थिए । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान