बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थल बनाउन सरकार प्रतिवद्ध, आगामी वर्षलाई छुट्याएको बजेट न्यून

बुधबार, ०१ असार २०७९, १४ : ५३
बुधबार, ०१ असार २०७९

राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समेटिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिवद्ध रहेको बताइएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

मन्त्री आलेले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो बाह्य र आन्तरिक हवाई चाप घटाउन पनि निजगढ आवश्यक परेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पकारूपमा निजगढ विमानस्थल बनाउनै पर्ने समेत बताए ।

‘बाह्य र आन्तरिक उडानको चापका कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प तत्काल खोज्नुपर्ने अवस्था छ,’ मन्त्री आलेले भने, ‘र, यसलाई राज्यले अविलम्ब सम्बोधन गर्नुपर्छ ।’ तर, कूल १ खर्ब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाका लागि आगामी वर्ष ३६ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ ।

 बजेट अपुग रहेको भन्दै मन्त्री आलेले अर्थमन्त्रालयले आयोजनाका लागि बजेट थप्नेमा विश्वस्त रहेको बताए । यसैगरी, यो परियोजनाका लागि भनेर सरकारले ८ हजार ५० हेक्टर जग्गा अधिग्रहण गरिसकेको छ भने ३ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरिसकेको छ । यसका साथै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लक्षित काठमाडौं–तराई द्रुतमार्गका निर्माणका लागि सरकारले २ खर्ब लगानी गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप