आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जिसस गुल्मीमा गठबन्धन विजयी, प्रमुखमा खत्री

बुधबार, ०१ असार २०७९, १४ : ४९
बुधबार, ०१ असार २०७९

जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा गठबन्धनका सबै उमेदवारहरू विजयी भएका छन् ।  बुधबार भएको निर्वाचनमा  एमालेका उमेदवारहरूलाई पछाडि पार्दै गठबन्धनका उमेदवारहरू विजयी भएका हुन् ।  

प्रमुख पदमा एमालेका उमेदवार युवराज न्यौपानेलाई ६ मतको अन्तरले पछाडि पार्दै गठबन्धनका उमेदवार काँग्रेस नेता  द्रोणबहादुर खत्री विजयी भएका हुन् । निर्वाचनमा २४ मत खसेकोमा खत्रीले १५ मत प्राप्त गरेका छन् भने न्यौपानेले ९ मत प्राप्त गरेका छन् ।  खत्री यसअघि चन्द्रकोट गाउँपालिका प्रमुख थिए । 

उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका नेता  तेजेन्द्र सलामीमगर विजयी भएका छन् ।  उनले पनि एमालेकी रमादेवी पुनलाई ६ मतको मतको अन्तरले पछाडि पार्दै विजयी भएकी हुन् । गठबन्धनबाट सदस्यहरूमा काँग्रेसका महेश्वरराज भण्डारी, सुनिता जिसी, शेरबहादुर विश्वकर्मा, माओवादी केन्द्रका वीरबहादुर कार्की,  शेरबहादुर कुँवर, एकीकृत समाजवादीकी सावित्रा पाण्डे भण्डारी र राष्ट्रिय जनमोर्चाबाट रनमाया राना मगर  विजयी भएका छन् ।

उपप्रमुखमा विजयी सलामी मगर माओवादी केन्द्रका नेता भएपनि चुनावी तालमेलका क्रममा कालिगण्डकी गाउँपालिकाबाट जनमोर्चाको गिलास चिन्ह लिई वडा सदस्यमा निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप