वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक
डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्फत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ ।
प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्युआर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।
वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन/बन्द गर्न/पासवर्ड रिसेट, मेरो शेयरको रजिष्ट्रेशन/नविकरण/पासवर्ड रिसेट, सि. आर. एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता/ पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन् । यी सबै सेवाहरु बंैकको वेबसाइट मार्पmत Smart Services वा https://servicerequests.ctznbank.com/ मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ ।
वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरी सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध