अझै ५ वर्षसम्म ओलीको विकल्प छैन, चुनावपछि प्रधानमन्त्री हुन्छन् : शंकर पोखरेल
बुधबार, ०१ असार २०७९, १४ : ३३
![अझै ५ वर्षसम्म ओलीको विकल्प छैन, चुनावपछि प्रधानमन्त्री हुन्छन् : शंकर पोखरेल](https://rpcdn.ratopati.com/media/albums/shankar_KpT9eWfko0.jpg)
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अझै ५ वर्षसम्म केपी ओलीको विकल्प नभएको बताएका छन् । आज बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चितवन महाधिवेशनबाट अध्यक्ष चुनिएकाले अझै ५ वर्षसम्म ओलीको विकल्प नभएको पोखरेलको बताए ।
पोखरेलले संघीय चुनावपछि ओलीनै प्रधानमन्त्री हुने पनि जिकिर गरे । उनले गठबन्धन सरकारको आलोचना गर्दै गठबन्धनकै कारण राजनीति अस्थिरता र वैदेशिक चलखेल बढेको जिकिर गरे । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समावादीतर्फ लक्षित गर्दै उनले दक्षिणपन्थतर्फको यात्रामा रहेकासँग सहकार्य हुन नसक्ने टिप्पणी गरे। उनले काँग्रेससँग मिलेकाहरू वामपन्थी हुन नसक्ने पनि टिप्पणी गरे ।
एमालेलाई सिध्याउने गरी गठबन्धन गर्दा पनि आफूहरुले जनमत राम्रो पाएको बताउँदै उनले आगामी चुनावमा पनि एक्लै लड्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख