बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मालेको केन्द्रीय समिति बैठक सुरु, एसपीपी अस्वीकार

बुधबार, ०१ असार २०७९, १४ : २८
बुधबार, ०१ असार २०७९

नेकपा (माले) को केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक बुधबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयको सभाकक्षमा  महासचिव सीपी मैनालीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकले अमेरिकाले अघि सारेको राज्य साझेदारी कार्यक्रम (एसपीपी) ठाडै अस्वीकार गरेको छ।

एसपीपीमार्फत् नेपाल अमेरिकी सुरक्षा निकायको बन्धनमा/नियन्त्रणमा पुग्ने भन्दै मालेले भनेको छ, ‘यसलाई सहजै अमेरिकी हिन्द प्रशान्त रणनीतिको सामरिक कार्यमा लगाउन सकिने छ । अतः “रासाका”मा प्रवेश गर्नु भनेको अमेरिकाको भरौटे र गुलाम बन्नु हो, जुन नेपाल र नेपाली जनतालाई किमार्थ मञ्जुर छैन । “रासाका”लाई अस्वीकार गरौं ।’

यही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सहभागिताको समीक्षा गर्दै पार्टी विस्तार तथा सुदृढीकरण गर्ने, देशभक्त शक्ति र व्यक्तिहरु सम्मिलित साझा कार्यक्रममा आधारित राजनीतिक मोर्चा बनाउने र देशको समसामयिक राजनीतिको सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गर्ने बैठकका एजेण्डा रहेका छन् । बैठक बिहीबारसम्म जारी रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप