झिर रेष्टुरेन्टको नयाँ शाखा कालोपुलमा पनि
सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको सङ्खमुलमा अवस्थित झिर रेष्टुरेण्टले व्यावसाय विस्तारको क्रममा आफ्नो पहिलो फ्रेञ्चाइज अघिल्लो शुक्रबारबाट काठमाडौंको कालोपुलमा सञ्चालनमा ल्याएको छ ।
बेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ वर्ष, साथै नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ वर्षको अनुभव बटुलेका सञ्जिव तिमील्सीनाले ८ महिना पहिले सङ्खमुलमा झिर रेष्टुरेण्टल खोलेका थिए । सञ्चालनमा आएको छोटो समयमै झिरले ग्राहकहरुको मन जित्न सफल भएको छ ।
नयाँ खोलिएको झिर रेष्टुरेण्टमा कम्तीमा १२ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउनेछन् ।
झिरमा ग्राहकहरुले विशेषगरी मटन, चिकेन, तथा पोर्कका पोलेको मासुका परीकारहरुको मज्जा लिन सक्नेछन् , यस्ता परिकारहरु प्रति प्लेटका साथसाथै प्रति हाफ केजी, प्रति केजीमा पनि उपलब्ध हुनेछ । साथै रेष्टुरेण्टमा मदिराजन्य पेय पदार्थहरु पनि एमआरपी मूल्यमा विक्री गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि रिहादेखि रास्वपा उत्साहितसम्म
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा