लोसपा मधेस प्रदेश संसदीय दलको बैठक बस्दै
बुधबार, ०१ असार २०७९, १४ : ०१
लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ । मधेश प्रदेश सरकारले आज सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७९/८० बजेटबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका नेता जितेन्द्र सोनलले बताए । प्रदेश सरकारले आज ४ बजे सार्वजनिक गर्न लागेको अगामी आर्थिक वर्षको बजेट कार्यक्रममा पार्टीका सम्पूर्ण मधेश प्रदेशका सांसदलाई उपस्थितिका लागि आग्रह गर्ने उनले बताए ।
‘बजेट आउनु नियमित प्रकृया हो, त्यो कसरी प्रस्तुत भइरहेको छ, बजेटमा कुन–कुन विषय आइरहेका छन्, ती कुरामा विशेष ध्यान दिइन्छ’ उनले भने । प्रदेश सरकारले ल्याउन बजेटलाई लोसपाले सुक्ष्म अध्ययन गरि त्यसबारे आफ्नो प्रतिकृया दिने र त्यसका लागि संसदमै उपस्थित भएर बजेटको बारेमा बुझ्न सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि भन्ने सोनलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका
-
नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता
-
नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह
-
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध
-
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको काम तीव्र