काठमाडौंमा बाहिरी चक्रपथ बन्ने प्रक्रिया केही पनि अघि बढेको छैन : मन्त्री झाँक्री
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विगतदेखि चर्चामा रहेको काठमाडौंंको बाहिरी चक्रपथ सडक बारेमा कुनै प्रक्रिया अघि नबढेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले जुन ठाउँमा बाहिरी चक्रपथ बन्ने भनिएको थियो त्यो ठाउँमा चक्रपथ बन्छ कि बन्दैन भन्ने कुरामा सन्देश रहेको बताइन् ।
उनले भनिन्–‘जहाँ जहाँबाट चक्रपथ बन्छ भनिएको थियो त्यहाँ बन्ने कुरामा सन्देश थियो । उदाहरणका लागि चोभार सुख्खा बन्दरगाहदेखि सतुङ्गलसम्म ६ किलोमिटर बाटोमा जहाँ बाहिरी चक्रपथ भनेर सर्भे गरिएको थियो, ती कयौँ ठाउँमा आज सरकारी भवन बनेका छन् । यदि मुआब्जा दिएर बनाउने हो भने राज्यले साढे ३ अर्ब मुआब्जा दिनुपर्ने अवस्था छ । सबै ठाउँमा जग्गाको अत्यधिक कित्ताकाट भएको हुनाले त्यसको बारेमा पुनः अध्ययनको खाँचो देखिएको छ ।’
उनले काठमाडौंको दीर्घकालीन विकासका लागि मास्टर प्लान बनाउने काम भइरहेको बताइन् । यस्तै उनले सिंहदरबार आसपासका घरहरूको मापदण्ड कस्तो रहने, बिदाको दिन विद्यार्थी कसरी सिंहदरबार घुम्न पाउने, कस्ता–कस्ता कार्यालय रहने भन्नेबारेमा मास्टर प्लान बनाइरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
-
सङ्घीयता मजबुत नभएकोमा सभामुखहरू एकमत, पोखराबाट ७ बुँदे घोषणा जारी
-
ओस्कारको दौडबाट बाहिरियो ‘लापता लेडिज’
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट