सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला समन्वय समिति दोलखामा सत्तारुढ गठबन्धन विजयी

बुधबार, ०१ असार २०७९, १३ : ४४
बुधबार, ०१ असार २०७९

जिल्ला समन्वय समिति दोलखामा सत्तारुढ गठबन्धन विजयी भएको छ । बुधबार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएका हुन् ।

निर्वाचनमा कुल १८ मत खसेको थियो । जसमध्ये गठबन्धनका प्रमुख र उपप्रमुखले ११–११ मत प्राप्त गरेका छन् भने  उनीहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार ऋषिकेश उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गरेका छन् ।  दोलखा जिसस प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि बुधबार निर्वाचन भएको हो ।

९ पदका लागि १९ जनाले उम्मेदवारी दर्ता गरेका थिए । ७ सदस्यमा सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । विजयी हुने सदस्यहरूमा अनिल तमाङ, निलम ठकुरी, कृष्ण श्रेष्ठ, सन्तेन्जु शेर्पा, टसि शेर्पा, कल्पना थामी र मेनुका चौलागाई  रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप