आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जसपाको विधान सम्मेलन स्थगित

बुधबार, ०१ असार २०७९, १२ : ५८
बुधबार, ०१ असार २०७९

आन्तरिक विवाद बढेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को विधान सम्मेलन स्थगित भएको छ । असार २ गतेका लागि यसअघि नै तोकिएको विधान सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । 
‘अर्को सूचना नभएसम्मका लागि विधान सम्मेलन अहिलेका लागि स्थगित भएको छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले भने । उनका अनुसार अध्यक्ष यादवसहित सङ्‍घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नयाँ मिति तय गर्ने जिम्मेवारी दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप