डेढ घन्टामै ५० अंक घट्यो सेयर बजार
बुधबार, ०१ असार २०७९, १२ : ४२

आज कारोबार सुरू भएको डेढ घन्टाको समयमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५० अंकको गिरावट आएको छ । ११ बजे देखि कारोबार सुरू भएको नेप्सेमा साढे १२ बजेटसम्ममा ४९.६६ अंकको गिरावट आएको हो ।
यससँगै, १९ सय ९६ अंकबाट कारोबार सुरू भएको नेप्से परिसूचक यो समाचार तयार पार्दासम्म घटेर १९ सय ४६ अंकमा आइपुगेको छ । यसक्रममा आज ६८ करोड ५७ लाख ४० हजार रुपैयाँ बराबरको १८ लाख ४९ कित्ता सेयर किनबेच भएको छ ।
यस अवधिसम्ममा कारोबारमा आएका सबै १३ वटै समूहमा गिरावट आएको छ । यस्तै, आज ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ भने एउटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।