सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चुनावको मिति तोक्न माग गर्दै लिङ्देनले भने – स्वतन्त्र चुनावी सरकार गठन होस्

बुधबार, ०१ असार २०७९, १२ : २७
बुधबार, ०१ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आम निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सरकारले छिटो प्रतिनिधि र प्रदेश सभाको मिति तोक्नुपर्ने माग राखेका हुन् ।

‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ,’ लिङ्देनले भने, ‘सरकराले आम निर्वाचनको मिति घोषणा गरोस् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्छ ।’

यसैगरी, आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन गर्नुपर्ने समेत लिङ्देनको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप