जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दुई जना बिरामी
बुधबार, ०१ असार २०७९, १२ : १२

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् ।
आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाइएकोमा उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया विष्टको काठमाडौँ शिक्षण अस्पतालमा मृत्यु भएको हो । अन्य २ जनाको काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ