शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बालकलाई दूध चुसाउँदै आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो’

बुधबार, ०१ असार २०७९, १४ : ४१
बुधबार, ०१ असार २०७९

नेकपा एमालेकी सांसद थममाया थापाले ६ दिनदेखि अनसनरत नेहरिका राजपूतको माग पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले एउटा बालकलाई दूध चुसाउँदै न्यायको लागि आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो विषय भएको उनले टिप्पणी गरिन् ।

तर, राज्य उनको माग पुरा गर्नुको साटो थाहा नपाए जसरी बसेको उनको भनाइ छ ।   ‘राज्यले थाहा नपाएजस्तो गरेको छ । कानमा तेल हालेर बसेको छ।’ उनले नेहारिका राजपूतलाई नशालु पदार्थ खुवाएर नाबालिग हुँदा बलात्कार भएको बताउँदै थापाले सो क्रममा गर्भ बसेर अहिले बच्चा २१ महिनाको भइसकेको बताइन् । आफ्नो न्यायका लागि नेहरिकाले राज्यको सबै तहमा भीख माग्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आमरण अनसन बसेको उनले संसदमा बताइन् । 

महोत्तरीकी नेहरिकाको अनसन सुरु भएको ६ दिन पुग्दा स्वास्थ्य अवस्था कमजोर भएको बताउँदै उनले भनिन्, ‘बच्चाले आमाको दूध खान नपाउँदा छट्पट्टी भएको छ।  छानबिन होस् र अपराधीलाई कारबाही होस् । उनको ५ बुँदे माग पुरा गरियोस् ।’ उनले महिला हिंसाको सवालमा राज्य गम्भीर हुन नसकेको पनि आरोप लगाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप