शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आयोजना प्रभावितका लागि खुल्यो मन्दाकिनी हाइड्रोको आईपीओ

बुधबार, ०१ असार २०७९, ११ : ४१
बुधबार, ०१ असार २०७९

मन्दाकिनी हाइड्रोपावरले आयोजना प्रभावितहरूका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरको कूल चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ छ । यस चुक्ता पूँजीको १० प्रतिशत अर्थात ५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको आईपीओ खुलाएको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जानकारी दिएको छ ।

यो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ का स्थानीयले आवेदन भर्न पाउँछन् । यसबाहेक, चुक्ता पुँजीको २० प्रतिशत ११ लाख ७६ हजार ७३ कित्ता ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी १० लाख ९३ हजार ७४९ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याइएको बिक्री प्रबन्धक बीओकेले जनाएको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ छ भने प्रति सेयर आम्दानी ७.९१ रुपैयाँ छ । यसैगरी, सञ्चित नाफा नोक्सान ५ करोड ४९ लाख रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप