बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेक्सिकोमा प्रहरी कारबाही, १० बन्दुकधारी मारिए

बुधबार, ०१ असार २०७९, ११ : ३९
बुधबार, ०१ असार २०७९

मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ । सो क्षेत्रमा सरकारी अधिकारीहरुले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरुलाई पक्राउका लागि पूर्जी लिएर गएका थिए । त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरुले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए ।

त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् । त्यस कारबाहीका क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ । पक्राउ परेकामा चारजना प्रहरीको गोली लागेर घाइते भएका पनि रहेका छन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप