शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा जनतालाई अपिल : चिया कम पिउनुहोस्

बुधबार, ०१ असार २०७९, ११ : ३४
बुधबार, ०१ असार २०७९

पाकिस्तानका जनतालाई देशको अर्थतन्त्रको हितमा ‘कम चिया पिउन’ भनिएको छ ।

वरिष्ठ मन्त्री एहसान इकबालले चियाका कपको संख्या घटाएर अर्थतन्त्रको हितमा जनताले योगदान दिन सक्ने बताए । उनले ‘चियाको कपको संख्या घटाउनु भनेको उच्च आयात बिल कटौती गर्नु हो’ भनेका छन् ।

पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिको अवस्था निकै खराब छ । यस्तो अवस्थामा पाकिस्तानमा तत्काल प्रभावमा आउने गरी विदेशी कोष बढाउन दबाब छ ।

पाकिस्तान विश्वमा सबैभन्दा बढी चिया आयात गर्ने देश हो । पाकिस्तानले हरेक वर्ष करिब ६० करोड डलर मूल्यको चिया खरिद गर्छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इकबालले जनतालाई अपील गर्दै भने, ‘म देशका जनतालाई चियाको चुस्कीबाट एक–दुई चुस्की कटौती गर्न भनिरहेको छु किनभने हामी ऋणमा चिया आयात गरिरहेका छौँ ।’

पाकिस्तानमा आर्थिक संकटसँग जुध्न सानो स्तरमा धेरै कदम चालिएको छ । बिजुलीको बचत हुने गरी राती पसल बन्द गर्न व्यापारीलाई सुझाव दिइएको छ ।

कम चिया पिउने यो सुझावलाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले धेरै चर्चा गरिरहेका छन् । धेरैले ‘देश जुन आर्थिक संकटबाट गुज्रिरहेको छ, के कप चियाको संख्या घटाएर सुधार होला त !’ भनेर प्रश्न सोधिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप