आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजनाका मजदुरको करेन्ट लागेर मृत्यु

बुधबार, ०१ असार २०७९, ११ : २२
बुधबार, ०१ असार २०७९

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरीजल घर भएका २६ वर्षीय सनम तामाङ छन् । मंगलबार दिउँसो आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर सनमको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

करेन्ट लागेर गम्भिर घाइते भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप