गरिमा विकास बैंकद्वारा वित्तीय जागरण कार्यक्रम सम्पन्न
बुधबार, ०१ असार २०७९, ११ : २१
गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरूबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तीय संस्था सम्बन्धी बृहत वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ ।
जेठ महिना भरी चलेको कार्यक्रम अन्तर्गत बैंकको सबै १२० शाखाले दुईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जस अन्तर्गत बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाइदा, वित्तीय सल्लाह सुझाव एवं डिजिटल बैकिङ्गका फाइदाहरूको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको बैंकले जनाएको छ ।
हरेक कार्यक्रममा बैंक तथा वित्तिय संस्था सम्बन्धी जान्न चाहनेहरुको सहभागिता उल्लेखनीय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध