मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारको अन्तिम बजेट ३६ देखि ३८ अर्ब

बुधबार, ०१ असार २०७९, ११ : १३
बुधबार, ०१ असार २०७९

गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री रामजीप्रसाद बरालले आज दिउँसो ४ बजे प्रदेश सरकारको आय व्यय प्रदेशसभा बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ । आगामी आर्थिक वर्षका लागि ३६ देखि ३८ अर्बसम्म आकारको बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिलेको बजेट चुनाव लक्षित हो ।

चालु आर्थिक वर्षका लागि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले ३० अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । यद्यपि सो बजेट जेठसम्ममा २२ प्रतिशत मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । जेठ २४ मा नीति तथा कार्यक्रम ल्याएको सरकारले लोकप्रिय कार्यक्रम समेटेर बजेट ल्याउने भएको हो । सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभा बैठकबाट बहुमतले पारित भइसकेको छ ।

आगामी आर्थिक वर्षको लागि बजेटको आकार केही बढ्ने अर्थमन्त्री बरालले बताएका छन् । चालु वर्षमा खर्च हुन नसकेको बजेट र आन्तरिक स्रोत साथै आन्तरिक ऋण बढाएर सरकारले बजेटको आकार बढाउने तयारी गरेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, सरकारले नजिकिदै गरेको संघीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै सांसदलाई बजेट दिने तयारीसमेत गरेको छ ।

सत्तापक्षका सांसदलाई प्रतिसांसद ५ करोड र प्रतिपक्षी सांसदलाई एकमुष्ट ३५ करोड रुपैयाँ दिन लागेको स्रोतले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप