आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध

बुधबार, ०१ असार २०७९, ११ : १०
बुधबार, ०१ असार २०७९

मङ्गलबार राति परेको वर्षाका कारण चुँदी खोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदी खोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।

बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा  अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।

गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्याएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप