आजदेखि कनेक्ट आईपीएसको इलेक्ट्रिफाईङ अफर, इलेक्ट्रिक स्कुटर जित्न सकिने
आजदेखि लागू हुने गरेर कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ । यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टार गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् ।
यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज जित्न सक्ने भएका हुन् । त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।
बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा www.connectips.com वा यसको मोबाइल एप मार्फत रजिष्टार गर्न सक्छन् । यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।
सोझै बैंक खाताबाट फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको एक भन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्ल्याट्फर्म हो । यसले दैनिक औसत साढे १० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्र्छयोट गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव