आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

२ खर्ब ७५ अर्बको बजेट ल्याउँदै सात प्रदेश

बुधबार, ०१ असार २०७९, १० : २८
बुधबार, ०१ असार २०७९

देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो । 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।  अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक वर्षको कार्यक्रम र योजनालाई नै समेटेका छन् । 

आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्‍चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप