आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाले प्रधानमन्त्रीलाई  ज्ञापनपत्र बुझाउँदै

बुधबार, ०१ असार २०७९, ०९ : ३६
बुधबार, ०१ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । 

किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । 

खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी पनि बढेको छ । ​यहीबेला राजनीतिक एजेन्डासमेत समेटेर ज्ञापनपत्र बुझाउने भएको राप्रपाले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप