सुपर डान्सर नेपालको बुधबारबाट डिजिटल अडिसन
फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसनसकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ ।
काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर रश्मी अग्रवालले बताईन् । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।
छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिसन् राखिएको उनले बताइन् । फिजिकल अडिसन दिएका प्रतिस्पर्धीले डिजिटल अडिसन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने र गुणस्तरीय हुनुपर्ने बताइएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।
‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालको लागि औपचारिक रुपमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार एडी रिलिजको रहेको छ ।
एडी रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोज्दै उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गर्ने जमर्को एडी रिलिजले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन नेपालको हारको शृङ्खला
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग