पण्डित नारायण पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा
वाचन शिरोमणि पण्डित स्वर्गीय नारायणप्रसाद पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा गरिएको छ ।
नारायण पोखरेल प्रतिष्ठानले स्वर्गीय पोखरेलको ६८ औँ जन्मजयन्तीको अवसर पारेर मंगलबार राष्ट्रिय पुरस्कार घोषणा गरेको हो । प्रतिष्ठानको केन्द्रीय कार्यालयमा सीतापाइलामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक वाचन पण्डित दिनबन्धु पोखरेलले स्वर्गीय पोखरेलको नाममा रु ५० हजार एक नगदसहितको पुरस्कार घोषणा गरेका हुन् ।
नेपालको आध्यात्मिक र धार्मिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने उक्त पुरस्कार स्वर्गीय पोखरेलको स्मृति दिवसको अवसरमा बैशाख २३ गते प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक पोखरेलले समाजमा रहेको छुवाछूत र जातीय विभेदको अन्त्य गर्दै समाज रुपान्तरणमा स्व पोखरेलको महत्वपूर्ण भूमिका रहेको बताए । पोखरेलले भौतिकवाद र आध्यात्मिकवादको संयोजनबाट देशलाई अगाडि बढाउनुपर्ने बताए ।
प्रतिष्ठानका उपाध्यक्ष भवानी देवकोटाले आध्यात्मिक चिन्तनका माध्यमबाट समाज विकासमा स्व पोखरेलले खेलेको भूमिकाको महत्वपूर्ण रहेको बताए । प्रतिष्ठानका सचिव डा रामहरि ढकालले समाजमा नाम र कृति छोडेर परलोक हुने थोरै व्यक्तिमध्ये पण्डित पोखरेल एक भएको बताए ।
विसं २०११ जेठ ३२ गते गोरखाको बुगुवामा जन्मिएका स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गर्नुभएको थियो । उनको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उनलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।
पण्डित पोखरेलको स्मृतिमा प्रतिष्ठान स्थापना गरेर काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटमा २० रोपनी क्षेत्रफलमा बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको छ । उक्त धामसहितको केन्द्र निर्माणका लागि रु ४० करोड लाग्ने प्रतिष्ठानका कोषाध्यक्ष बद्री पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन