भरतपुर महानगरपालिकामा निर्माणधिन सार्वजनिक शौचालयको अनुगमन

भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो ।
महानगरपालिकाको लगानीमा भरतपुरको गोन्द्राङ, भरतपुर अस्पताल परिसर र भरतपुर विमानस्थल चोकमा शौचालयहरू निर्माणधिन अवस्थामा रहेका छन् ।
अनुगमनका क्रममा शौचालय निर्माण ढिलासुस्ती भएको पाइएको छ । २ वर्ष अघि निर्माणका लागि ठेक्का सम्झौता भएका यी शौचालयहरूको निर्माण सम्पन्न गर्ने अवधिमा नबनेको पाइएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
महानगरपालिको मुख्य भीडभाड हुने स्थानमा यथाशिघ्र सार्वजनिक शौचालय सञ्चालनका लागि अगाडि बढेको प्रमुख दाहालले बताइन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले सम्झौता अनुसार काम नगरेका ठेकदार वा निर्माण कम्पनीलाई आवश्यक नियम अनुसार कारबाही अगाडि बढाइने जानकारी दिए ।
निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने गरी कारबाही प्रकृया अघि बढाई नयाँ कम्पनीलाई बाँकी निर्माणको कार्य दिने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिइन्।
भरतपुर महानगरपालिकासँग सम्झौता भई निर्माण भएका कामहरु सम्पन्न नगरी निर्माण कम्पनीहरु सम्पर्क विहिन छन् । यसले गर्दा महानगरपालिकाले लक्ष्यअनुसार काम गर्न कठिन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न