बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एसपीपी मार्फत अमेरिकाले नेपालको अस्तित्वमाथि धावा बोल्यो : अनेरास्ववियू

बुधबार, ०१ असार २०७९, ०७ : ३८
बुधबार, ०१ असार २०७९

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मार्फत अमेरिकाले नेपालको अस्तित्वमाथि धावा बोलेको आरोप लगाएको छ । हालै नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाका अधिकारीले नेपाल सामु प्रस्ताव गरेको एसपीपी सम्झौता नेपालको सार्वभौम सत्ता र असंलग्न परराष्ट्र नीतिविरुद्ध रहेको अनेरास्ववियूले जनाएको छ । 

अमेरिकी सेनाले एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दवाव दिएको भज्दै अनेरास्ववियूले नेपाललाई कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्न खोजे प्रतिवाद गरिने चेतावनी दिएको छ । 

अध्यक्ष सुदेश पराजुलीद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ- 'एमसीसी र आइपीएसको कम्पोनेन्ट एसपीपी सम्झौता लागू गर्दै नेपाललाई विदेशीहरुको युद्ध मैदान बनाइन्छ भने अनेरास्पवियू यसका विरुद्ध कडा आन्दोलनको आँधिवेहरी श्रृजना गर्नेछ ।'

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप