बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

बुधबार, ०१ असार २०७९, ०७ : ३१
बुधबार, ०१ असार २०७९

संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्‍नेछ  पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएकाे प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन् । आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन् । 

सांसद प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज शिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप