शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी

बुधबार, ०१ असार २०७९, ०६ : ५१
बुधबार, ०१ असार २०७९

प्रतिनिधि सभाको बैठक आज पनि बस्नेछ । सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् । 

आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै हिजो संसद् अवरोध गरेको थियो । आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ । मन्त्री शर्माले भने करका दर हेरफेर गरेको भन्ने समाचार तथ्यहीन भएको भन्दै खण्डन गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप