आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेनाद्वारा प्रकोप व्यवस्थापनमा ‘अभ्यास हातेमालो–४’ सम्पन्न

मङ्गलबार, ३१ जेठ २०७९, २२ : ४५
मङ्गलबार, ३१ जेठ २०७९

विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी पार्ने उद्देश्यसहित नेपाली सेनाले सञ्चालन गरेको अभ्यास हातेमालो–४ आज सम्पन्न भएको छ । विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिको सहभागितामा उक्त अभ्यास गरिएको हो ।

विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मूल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनका लागि अभ्यास हातेमालो¬–४ गरिएको हो । समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उक्त अभ्यास उपलब्धिमूलक रहेको र प्राकृतिक प्रकोपको दौरान व्यवस्थापकीय र सुरक्षा चुनौती रहने हुँदा एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने बताए । उनले समन्वय तथा सहकार्यमा एकीकृत ढङ्गले अघि बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने उल्लेख गरे । 

प्रधानसेनापति शर्माले विपद् व्यवस्थापनका निमित्त दक्ष जनशक्ति उत्पादनका लागि नेपाली सेनाले राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय स्थापना गरेको पनि जानकारी दिए । दुई दिवसीय अभ्यासका दौरान विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा प्रस्तुतीकरणसहितको छलफल तथा अन्तरक्रिया र विभिन्न अभ्यास गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप