इजरायलको गठबन्धन सरकार धरापमा, फेरि नेतान्याहु सत्तामा आउने सम्भावना
इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटको गठबन्धन सरकार संकटमा परेको छ । प्रतिपक्षभन्दा एक सिट मात्र बढी रहे पनि यो सरकार अल्पमतमा परेको छ । बेनेटको दक्षिणपन्थी यामिना पार्टीका एक सांसद निर ओरबाकले सोमबार सत्तारुढ गठबन्धनलाई नसघाउने बताएपछि सरकारको भविष्य संकटमा परेको छ ।
इजरायलमा दुई वर्षमा चार सरकार अल्पमतमा रहिसकेको छ । यही कारणले यस अवधिमा इजरायलमा चार पटक चुनाव पनि भयो । ओरबाकको राजीनामापछि बेनेटले उनको सरकारको पतन रोक्न उनीसँग आगामी एक वा दुई साता रहेको प्रतिक्रिया दिएका छन् ।
वर्तमान सरकारमा आठ फरक फरक विचार भएका पार्टीको गठबन्धनबाट बनेको छ । बेन्जामिन नेतान्याहुलाई सत्तामा आउनबाट रोक्ने भन्ने मुद्दामा मात्र उनीहरुबीच विचार मिल्ने देखिन्छ । सोमबार मात्र वर्तमान गठबन्धन सरकारले एक वर्ष पुरा गरेको थियो ।
इजरायलको राजनीति तथा संसदमा दक्षिणपन्थी राजनीतिज्ञ हावी भए पनि उनीहरु नेतान्याहु पक्षधर र विरोधीमा विभाजित छन् । वर्तमान गठबन्धनमा युनाइटेड अरब लिस्टको सहभागितालाई धेरै इजरायली संस्थापनले विरोध जनाइरहेका छन् ।
ओर्बाकले पनि राजिनामा दिने बेला प्रधानमन्त्री बेनेट युनाईटेड अरब लिस्टप्रति बढि नै लचक भएकाले गठबन्धनमा रहन नसक्ने बताएका थिए ।
युनाईटेड अरब लिस्ट आफै पनि वर्तमान सरकारले पनि अल–अस्का मस्जिदमा इजरायली फौजले गरेको आक्रमण र पश्चिम किनारामा गरेको धरपकडको विरोधमा सरकार छाड्ने धम्की दिने गरेको छ ।
नेतान्याहुको फिर्तीको सम्भावना
इजरायलको १२० सदस्यीय संसद(नेसेट)मा बेनेटको सरकारसँग अब जम्मा ५९ सांसद बचेको छ । अब बहुसंख्यक सांसदले संसद विघटन गर्ने वा फरक प्रधानमन्त्री चुन्ने चुनाव नगरेसम्म मात्र यो सरकार रहने छ ।
यी विकल्प माझ पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेरि सरकार गठन गर्न सक्ने परिस्थिति बन्दै गएको छ । यसका लागि उनले अब दुई सिट मात्रै मिलाउनुपर्नेछ ।
इजरायलको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेतान्याहु १२ वर्ष प्रधानमन्त्री रहिसकेका छन् । गत वर्ष भएको संसदीय मतमा ६० सांसदले बेनेट सरकारको पक्षमा र ५९ जनाले नेतान्याहूको पक्षमा मतदान गरेका थिए । यस परिदृश्यमा नेतान्याहुका लागि शक्तिको ढोका अझै खुला छ ।
वर्तमान सरकार बनाउने बेला भएको गठबन्धन सम्झौतामा यामिना पार्टीका प्रमुख बेनेट सेप्टेम्बर २०२३ सम्म प्रधानमन्त्री रहनेछन् । त्यसपछि उनले आफ्ना गठबन्धन सहकर्मी येर लापिडलाई पद हस्तान्तरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ
-
१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार
-
वार्षिक १० हजार जनालाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र