आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘बाबरी रंग’ मा रोमान्टिक भए अदीति र धिरज

मङ्गलबार, ३१ जेठ २०७९, २१ : ३१
मङ्गलबार, ३१ जेठ २०७९

 फिल्म ‘बाबरी’ को रोमान्टिक गीत ‘बाबरी रंग’ सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री अदीति बुढाथोकी र धिरज मगरको अभिनय देन सकिन्छ ।

फिल्ममा पनि यी दुबै कलाकारको मुख्य भुमिका रहेको छ ।  गीत अनमोल गुरुङले लेखेका हुन् । संगीत समेत गुरुङकै रहेको गीतमा अस्मिता अधिकारी र गुरुङको स्वर छ । गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । कार्यक्रममा फिल्मबाट आफुले धेरै आस गरेको अभिनेत्री बुढाथोकिले बताइन् ।

अभिनेता धिरजले फिल्मको कथा राम्रो भएको दाबी गरे । उनले कथा मन परेकै कारण अन्तिम समयमा भएरपनि फिल्ममा जोडिएको बताए । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेक हुन् । ३१ भदौबाट रिलिज हुन लागेको फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको अभिनय छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता गणेश बुढाथोकी , पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह–निर्माता रहेको  फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत छ । फिल्म काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किममा छायांकन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप