मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

ग्रासरुट क्रिकेटमा सहकार्य गर्न मेयर बालेनसँग पूर्व कप्तानहरूको भेट

मङ्गलबार, ३१ जेठ २०७९, २१ : २५
मङ्गलबार, ३१ जेठ २०७९

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ग्रासरुट क्रिकेटमा सहकार्य गर्न काठमाडौँ महानगरका प्रमुख भेट गरेका छन् । पूर्व कप्तान पारस र ज्ञानेन्द्रले मेयर बालेनसँग ग्रासरुट क्रिकेटमा काठमाडौँ महानगरले सहयोग गर्न आग्रह गरेका छन् ।

दुवै पूर्व कप्तानले मंगलबार महानगर प्रमुख साहसँग भेट गर्दै काठमाडौँको ग्रासरुट क्रिकेट हराएको उल्लेख गर्दै महानगरले यसमा ध्यान पुगाउन सकेमा धेरै खेलाडीहरू उत्पादनको सम्भावना भएको बताए ।‘काठमाडौँमा ग्रासरुट क्रिकेट हराएको अवस्था छ । म आफै काठमाडौँको क्रिकेट खेल्दै यो अवस्थामा आएको थिए । सम्भावना भएको धेरै खेलाडी छन् । यसमा महानगरले ध्यान दिएमा सहज हुनेछ,’ पारसले मेयर साहलाई भने ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसले यसअघि नै सन्यास लिइसकेका छन् । पारस अहिले एकेडेमी सञ्चालन गरेर बालबालिकालाई क्रिकेट प्रशिक्षण दिदै आएका छन् ।भेटघाटमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट विकासमा महानगरलाई लगानी गर्न आग्रह गरेका थिए । त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य छुम्बी लामाले पनि नेपाली क्रिकेटको अहिलेको अवस्थालाई ध्यानमा राख्दै महानगरले तत्काल ग्रासरुटका कार्यक्रम सञ्चालनमा ल्याउँदा सहज हुने बताए । महानगर प्रमुख साहले नेपाली क्रिकेट विकासमा आफ्नो सदैव साथ रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप