बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको समीक्षा बैठक : सातै प्रदेशका इञ्चार्जद्वारा रिपोर्ट प्रस्तुत

मङ्गलबार, ३१ जेठ २०७९, २० : ४३
मङ्गलबार, ३१ जेठ २०७९

नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीको १२ औं बैठकमा सातै प्रदेशका इन्चार्जहरुले आ आफ्नो प्रदेशको रिपोर्ट पेस गरेका छन् । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकमा रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेस प्रदेशबाट रामचन्द्र यादब, बागमती प्रदेशबाटसावित्रा भुसाल, गण्डकी प्रदेशबाट केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट भागवत विश्वासी, कर्णाली प्रदेशबाट प्रकाश ज्वाला र सुदुरपश्चिम प्रदेशबाट गरिमा शाह थिए ।

बैठकमा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले बैठकलाई सम्बोधन गरेलगत्तै भने ७ वटै प्रदेशबाट प्रदेश इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेका थिए । पार्टी उपमहासचिव डा. विजय पौडेल स्वास्थ्यमा केही समस्या उत्पन्न भई उपचाररत रहेकोमा बैठकले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेको थियो । 

बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । भोलिको बैठकमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप