बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रूसी सेना युक्रेनको पूर्वी भेगमा तिव्रताका साथ अघि बढ्यो, जेलेन्स्कीलाई युरोपबाट सहयोगको आशा

मङ्गलबार, ३१ जेठ २०७९, २० : २४
मङ्गलबार, ३१ जेठ २०७९

रुस र युक्रेनबीचको युद्ध नयाँ चरणमा पुगेको छ । अहिले रुसी सेना युक्रेनको पूर्वी भागमा तीव्र गतिमा अगाडि बढ्न थालेको छ । यसलाई रोक्न युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्स्कीले युरोपप्रति हेरेका छन् । 

भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको रणनीतिक रुपमा महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई सम्पूर्ण कब्जा गर्ने चरणमा पुगेको छ । रुसी सेनाको अग्रतामाझ युक्रेनी सेनासँग हतियार र अन्य सैन्य उपकरणको अभाव देखिएको छ । यसैले जेलेन्स्कीले युरोपेली देशहरुलाई सहयोगको अपिल गरेका छन् ।

अझै वार्ताको पर्खाइमा
‘न्यूयोर्क टाइम्स’का अनुसार रुसी सेना बढेका कारण पुटिनलाई रोक्नका लागि युरोपेली देशहरूमाथि केही महत्वपूर्ण निर्णय लिने दबाब बढेको छ । तर, युरोपेली नेताहरू अझै पनि वार्ताबाटै युद्धलाई टुङ्गोमा पु¥याउन सकिने विश्वास व्यक्त गरिरहेका छन् । 

भेरोदोनेत्स्कसँगै पुटिनको सेना पनि लिसिचान्स्कतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । यो पूर्वी युक्रेन को एक महत्वपूर्ण र संवेदनशील भाग हो । युरोपेली देशका नेताहरू यसै महिनाको अन्त्यमा जी–७ को बैठक बस्दैछन् । बैठकमा युक्रेनको सहयोगका सम्बन्धमा ठूलो निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।

उता फरक प्रशंगमा, युक्रेनमाथि आक्रमण गरेपछि युरोप अमेरिकालगायत धेरै देशले रुसी तेल आयातमा प्रतिबन्ध लगाए पनि उसको तेल निर्यातमा कमी नआएको देखाएको छ । प्रतिवेदनका अनुसार युद्धको पहिलो सय दिनमा रुसले रेकर्ड ९३ अर्ब डलरको तेल निर्यात गरेको थियो । यसबाहेक, पुटिन सरकारले प्राकृतिक ग्यास निर्यातबाट पनि ठूलो पैसा कमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप