मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको सहकारीमा ५ लाख बढी रकम चोरी

मङ्गलबार, ३१ जेठ २०७९, २० : ०२
मङ्गलबार, ३१ जेठ २०७९

पाल्पाको एक सहकारी संस्थामा ५ लाखभन्दा बढीको चोरी भएको प्रहरीले जनाएको छ । बगनासकालि गाउँपालिका–८ मा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ लाख २७ हजार ३७३ रुपैयाँ नगद  चोरी भएको प्रहरीले जनाएको हो । 

सोमबार राती चोरी भएको र आफूहरुलाई मंगलबार जानकारी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  चोरी घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।कार्यालय कोठामा रहेको दराज तोडफोड गरी उक्त रकम चोरी भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप