बारामा हत्या गरेर भागेका युवक काठमाडौंबाट पक्राउ
मङ्गलबार, ३१ जेठ २०७९, १९ : २६
बाराको कलैयामा ७० वर्षका वृद्धको हत्या गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको रामपुर घर भएका ३८ वर्षीय बजरंगी मलाहा छन् ।
जेठ २७ मा मलाहाले बाराको कलैया उप महानगरपालिका वडा नम्बर–९ घर भएका ७० वर्षीय अहमद मियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले रातोपाटीलाई बताए । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी परिसर काठमाडौंको टोलीले मलाहालाई गौशालाबाट पक्राउ गरेका हुन् ।
आफूले राख्न दिएको पैसा फिर्ता नगरेको निहुँमा मलाहाले पिकले हिर्काएर महमदको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी राजेश थापाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?