शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानमाथि आइसिसीले लगाएको  ‘कन्ट्रोल फन्डिङ’ हट्यो

मङ्गलबार, ३१ जेठ २०७९, १९ : १७
मङ्गलबार, ३१ जेठ २०७९

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । 

यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, त्यसबेला आइसिसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो ।

निलम्बन फुकुवादेखि कार्यसमितिको उत्कृष्ट कार्यसम्पादनको मुल्यांकन गर्दै क्यानले ‘कन्ट्रोल फन्डिङ’ हटाएको क्यानले जनाएको छ । ‘कन्ट्रोल फन्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एकदिवसीय मान्यताप्राप्त अन्य एसोसिएट देशहरुसरह आर्थिक अनुदान र गतिविधि गर्न पाउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप