अमेरिकाद्वारा प्रस्तावित एसपीपी सम्झौताको पक्ष र विपक्षमा सांसदहरु
नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमता वृद्धिका लागि भएको बताएका छन् ।
मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकिकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए । उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भुमिकालाई थप मजबुद बनाउनका लागि सो सम्झौताले सहयोग गर्ने बुझाइमा नेपाल सरकार रहेको बताए ।
नेकपा(एमाले)का सांसद भीम रावलले सो सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताए । आफूहरुले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुदैछ भन्ने आशंका गरेको उल्लेख गर्दै उनले एसपीपीको दफाहरू र घटनाक्रमहरूले पनि त्यतै संकेत गरेको बताए । यसको विषयमा सरकारले यथार्थ स्पष्ट गराउनुपर्ने उनले बताए ।
नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले एसपीपी सम्झौता गरिए राष्ट्रघात हुने र नेपाली सेना आइपिएसको अंग बन्न जाने बताए । यसले नेपालको राष्ट्रिय स्वाधीनतामाथि ठुलो समस्या पैदा गर्ने उनले बताए । उनले सरकारले त्यसप्रकारको सन्धी, सम्झौता नगर्नेमा विश्वास व्यक्त गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले आफूहरु संविधानको व्यवस्था अनुसार पञ्चशिल र असंलग्न परराष्ट्र नीतिको पक्षधर रहेको उल्लेख गर्दै एसपीपी सम्झौताको विषय हल्ला मात्रै भएको बताए । यो विषय एमसीसीको बेलादेखि नै हल्लाको रुपमा रहेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण