आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जेठ अन्तिम साता बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घट्यो

मङ्गलबार, ३१ जेठ २०७९, १८ : १६
मङ्गलबार, ३१ जेठ २०७९

जेठ महिनाको अन्तिम साता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा यता कर्जा लगानी २ अर्बले घट्न पुगेको छ । बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ २० गतेदेखि २७ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ संकलन गर्न सफल भएका हुन् । 

तर सोही अवधिमा यता कर्जा लगानी तर्फ भने २ अर्बले घटाउँदै कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी भएको बैंकर्स संघले जानकारी दिएको छ । अघिल्लो हप्ता अर्थात् जेठ १३ गतेदेखि २० गतेसम्म पनि बैंकहरुले २ अर्ब रुपैयाँले नै कर्जा लगानी घटाउँदै ४१ खर्ब ९६ अर्ब रुपैयाँ लगानी गरेका थिए । 

समग्रमा जेठ महिना लागेसँगै निरन्तर निक्षेप बढाइरहेका बैंकहरुले जेठ ६ गतेदेखि २७ गतेसम्ममा १६ अर्ब रुपैयाँले निक्षेप बढाइसकेका छन् । यद्यपि, यता कर्जा प्रवाहमा भने निकै कडाई गरिरहेका बैंकहरुले सो अवधिका खासै लगानी गरेका छैनन् । जेठ ६ गतेसम्म कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका बैंकहरुले जेठ २७ गतेसम्म पनि सोही दर कायम राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप